+
+

स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १७:५४

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक गरेकी छन् । गीतमा नवराज ढुंगानाको शब्द र दीपक शर्माको संगीत छ ।

डान्सिङ शैलीको गीतको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओलीले अभिनय गरेका छन् । भिडियोमा प्रियंका र कविता नायिकाको भूमिकामा सुटिङ गरिरहेका देखिन्छन् । सरोज ओली सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् ।

गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।

स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । उनका ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ लगायत गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?