+
+

रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते २०:५०

१४ असार, काठमाडौं । रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो । महामन्त्री ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन् ।

ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन । निकटस्थसँग कुरा गर्दै ढकालले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन् ।

‘मैले त्यो पत्र पढ्दिनँ, आइतबार कुरा गर्छु,’ ढकाललाई उद्धृत गर्दै रास्वपा स्रोतले भन्यो ।

३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

– शीर्षक परिमार्जन गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?