+
+

प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते २०:१६

१४ असार, काठमाडौं । पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने भएको छ ।

बौद्धबाट शुक्रबार साँझ पक्राउ परेका थापालाई आज जिल्ला प्रहरी परिसर टेकुमा राखिने उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन् । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदनमा नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको बताइएको छ । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?