+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
४१ बलमा ८२ रन आवश्यक
चितवन राइनोज 2025
88/4 (13.1)
Shares

गीतकार प्रमीला वस्तीको ‘माया गर्छु भन्न पनि’ गीतको म्युजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:४५

काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द रचनामा रहेको माया गर्छु भन्न पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

मनोविद्ध समेत रहेकी गीतकार प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा विश्वनाथ प्रेमको संगीत रहेको छ ।

किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

२ दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशिल रहँदै आएका निर्देशक कृष्ण देव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा मोडल गरिमा शर्मा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

गीतकार वस्तीको निर्माणमा तयार भएको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलार्य नजिकबाट देखाइएको छ । जहाँ प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ ।

उत्सव दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?