+

कर्कलोको तरकारी गुणकारी

२०८१ असार  १८ गते १७:४१ २०८१ असार १८ गते १७:४१
कर्कलोको तरकारी गुणकारी

‘कर्कलो कोक्याउँछ’ भनेको धेरै सुनिन्छ । कोक्याउने भएकाले यसलाई खान निकै सावधानी अपनाउनुपर्ने हुन्छ । कर्कलोको तरकारी भन्नेबित्तिकै कोक्याउने त होला भन्ने धेरैको सोचाइ हुन्छ ।

तर कर्कलो गुणाकारी भएकाले यसको तरकारी स्वास्थ्यका लागि लाभदायक हुन्छ । कर्कलफ दूधे र पानी गरी दुई प्रकारको हुन्छ । दूध कर्कलो कोक्याउँदैन भने पानी कर्कलो चाहिं कोक्याउँछ ।

कर्कलो निकै गुणकारी तरकारी हो । यो सामान्यतया दूधे र पानी गरी दुई प्रकारको हुन्छ । दूधे कर्कलो कोक्याउँदैन भने पानी कर्कलो चाहिं कोक्याउँछ । त्यसैले यसलाई खासै मनपराउँदैनन् । त्यसैले कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् ।

एक त कर्कलो मान्छेले विना मेहनत नै पाउँछन् । त्यसैले पनि यसलाई कम महत्व दिएको हुनसक्छ । कर्कलो एकचोटि रोपेपछि विना गोडमेल पनि हुर्किन्छ । कर्कलोको तरकारी नै खाने कमै हुन्छन्, तर यसमा शरीरलाई अत्यावश्यक पोषक तत्व पाइन्छ ।

केके पाइन्छ ?

कर्कलो आइरन र भिटामिन एको मुख्य स्रोत हो । यसमा गाढा हरियो रंग हुने भएकाले प्रशस्त मात्रामा आइरन पाइन्छ । यसबाहेक कर्कलोमा क्याल्सियम, भिटामिन डी, पोटासियम, प्रोटिन र फाइबर पोषक तत्व पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

कसरी खाने ?

कर्कलोको तरकारी विभिन्न तरिकाले बनाउन सकिन्छ । जस्तै- रसादार झोल, अचार, मस्यौरा तथा अन्य परिकार बनाएर खान सकिन्छ । कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउने समस्या पनि कम हुन्छ । यसको जरा अर्थात् पिंडालु, डाँठ र पात सबै खान सकिन्छ ।

कर्कलो खासगरी जेठदेखि भदौसम्म पाइन्छ । तर यसलाई सिजनमा मात्र नभई अन्य सिजनमा पनि खान हुने गरी सञ्चय गरेर राख्न सकिन्छ । यसको पातलाई घाममा सुकाएर सञ्चय गरेर राख्‍न सकिन्छ । कर्कलोको डाँठलाई राम्रोसँग केलाएर घाममा सुकाएर तोरीको तेलमा कागती, मरमसला मोलेर सिसीमा खाँदेर अचार बनाउन सकिन्छ ।

त्यस्तै यसको जरा अर्थात् पिंडालु पनि पोषणयुक्त हुन्छ । यसलाई उसिनेर, तरकारी बनाएर खान सकिन्छ । साथै कर्कलोलाई लामो-लामो टुक्रा पारी घाममा सुकाएर बेमौसममा पनि दालमा मिसाएर खान सकिन्छ ।

कर्कलो खानुका फाइदा

बाहिरका प्याकेटबन्द खानेकुराभन्दा कर्कलो र पिंडालुको तरकारी खानु निकै लाभदायक हुन्छ । कर्कलोमा फाइबरको मात्रा अत्याधिक हुने भएकाले यो सहजै पच्ने, आँखा तेजिलो बनाउने, पाचन पक्रिया बलियो बनाउने, पेट सफा राख्न मद्दत गर्छु । यसको नियमित सेवनले स्वास्थ्यलाई राम्रो गर्छ ।

यसमा प्रशस्त मात्रामा आइरन हुने भएकाले शरीरमा रगतको कमी हुन दिंदैन । जसकारण रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ । गर्भवती महिलालाई पनि कर्कलो प्रभावकारी हुन्छ ।

त्यस्तै पिंडालुमा कम फ्याट, सोडियम र अत्याधिक मात्रामा पोटासियम हुन्छ । जसले तनाव कम गर्न मद्दत गर्छ ।

पिंडालुमा पाइने फाइबर र पोटासियमले हुन्छ । जसले शरीरमा इन्सुलिनको मात्रालाई सन्तुलन राख्न मद्दत गर्छ र  रगतमा सुगर लेबल बढ्नबाट रोक्छ । त्यसैले यो मधुमेहको बिरामीलाई रगतमा सुगर नियन्त्रणमा राख्न पिंडालु प्रभावकारी हुन्छ ।

यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेसियम जस्ता पोषक तत्व पाइने भएकाले कर्कलो दूध खुवाउने महिलालाई फाइदाजनक हुन्छ ।

यसमा भएको फाइबर तौल घटाउन र भिटामिन एले छाला सुन्दर बनाउन उपयोगी हुन्छ ।

कसले खानु हुँदैन ?

कर्कलोमा आइरनको मात्रा बढी हुने भएकाले उच्च रक्तचाप भएकाले नखाँदा उचित हुन्छ । किनकि यसले रक्तचाप बढाउन सक्छ । युरिक एसिडको समस्या भएकाले सन्तुलित मात्रामा पिंडालु खान सक्छन् । तर चिसो लागेमा, एलर्जी भएमा, जोर्नी दुख्ने तथा बाथ रोगको समस्या भएकाले कर्कलो खानु हुँदैन । किनभने यसले दुखाइ झन् बढाउँछ ।

 

कर्कलो खानेकुरा लीलबहादुर नेपाली
लीलबहादुर नेपाली
लेखक
लीलबहादुर नेपाली
पोषणविद्

नेपाल स्वास्थ्य व्यवसायी परिषद् दर्ता नम्बर : ए-टी : १७३५ अध्ययन : जनस्वास्थ्य र पोषण विज्ञानमा स्नातकोत्तर हाल यूएसएआईडी-सुहारा-हेलेन केलर इन्टरनेसनलमा पोषण र स्वास्थ्य सल्लाहकारको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय