+

के छ सेतो दुभीको उपचार ?

२०८१ असार  २० गते १३:०३ २०८१ असार २० गते १३:०३
के छ सेतो दुभीको उपचार ?

छालाको समस्याको कुरा गर्नासाथ यसमा सौन्दर्य जोडिएर आइहाल्छ । छालामा आउने विभिन्न रोग र समस्याले सौन्दर्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्तैमा एक हो दुभी । यो छालामा आउने एक किसिमको समस्या हो ।

दुभीमा पनि सेतो दुभीले छालाको सौन्दर्यमा निकै ठूलो असर पार्छ । सेतो दुभीलाई लिएर मानिसहरूको मनमा विभिन्न प्रश्न पनि उब्जिरहेका हुन्छन् । छालामा दुभी आउने कारण के हो ? यसको उपचार सम्भव छ छैन होला ? आदि ।

खासगरी भूगोलअनुसार मान्छेको छालाको रङ फरक-फरक हुन्छ । तर यसमा भूगोल मात्रै कारण भने होइन । कसैको कालो, कसैको गोरो र कसैको गहुँगोरो हुन्छ । हाम्रो छालालाई कलर दिने ‘मिलानिन’ भन्ने कोषिका हुन्छ, जसले ‘मेलानोसाइट’ उत्पादन गर्छ र छालामा रङ दिन्छ । छालामा रङ दिने  ‘मेलानोसाइट’ नष्ट भएर छालाको बाहिरी भागमा सेतो दाग देखिने र फैलिने समस्यालाई अंग्रेजीमा ‘भिटिलिगो’ भनिन्छ र नेपालीमा दुभी भनिन्छ ।

दुभी रोग नभएर सौन्दर्य समस्या हो । छालामा सेतो दागहरू देखिने, कपाल खैरो वा सेतो हुने आदि दुभीको लक्षण हो ।

दुभी आउने कारण

सेतो दुभी, शरीरमा रङ उत्पादन गर्ने ‘मेलानोसाइट’ नष्ट भएर हुन्छ । दुभीले शारीरिक रूपमा कुनै असर पार्दैन । तर यसले मानसिक रूपमा हीनताबोधको सिकार बनाउँछ । सेतो दुभीले ओठ तथा औंलाहरू पूरै सेतो बनाउँछ । ‘मेलानोसाइट’ कोषले शरीरमा रङ उत्पादन गर्ने काम गर्छ । यो कुनै कारणले नष्ट भयो भने शरीरमा रङ हराउँदै जान्छ ।

केही व्यक्तिमा वंशाणुगत कारणले पनि यो समस्या देखिने गर्छ । कसैलाई गहिरो चोटपटक लाग्यो र त्यसले गर्दा रङ बनाउने कोषमा असर पर्न गयो भने पनि यो समस्या देखिन सक्छ । बढी तनावमा रहने मानिसमा पनि सेतो दुभी देखिन सक्छ । यो समस्या जुनसुकै उमेर समूहलाई हुनसक्छ । कसैको कुनै निश्चित भागमा मात्र रङ हराउन सक्छ । कसैको शरीरभरको रङ हराउँछ । यसको लक्षण भनेको छालाको रङ सेतो हुनु मात्र हो । अन्य कुनै पनि लक्षण यसमा देखिंदैन ।

दुभीले अन्य अंगमा गर्दैन असर

छालाको सौन्दर्य बिगार्ने बाहेक यसले अरू कुनै असर गर्दैन । शारीरिक रूपमा दुभीले कुनै असर पार्दैन । तर सौन्दर्यसँग जोडिएको हुनाले यसले मानसिक रूपमा हीनताबोधको सिकार बनाउँछ । यसले व्यक्तिलाई मानसिक र सामाजिक रूपमा मात्र असर गर्छ ।

दुभी विभिन्न प्रकारको हुन्छ । कसैको कुनै निश्चित भागमा मात्र रङ हराउन सक्छ । कसैको शरीरभरको रङ हराउँछ । लाइन जस्तै गरी शरीरका विभिन्न भागमा लहरै आउने दुभीलाई चिकित्सकीय भाषामा ‘सेग्मेन्टल’ (लहरे) दुभी भनिन्छ ।

विभिन्न तरिकाले थोप्ला–थोप्ला तथा सम्पूर्ण शरीरै ढाक्ने किसिमले दुभी आउन सक्छ । जसलाई चिकित्सकीय भाषामा नन–सेग्मेन्टल भनिन्छ ।

कतिपय अवस्थामा मिश्रित किसिमका दुभी आउँछन् । कतिपय दुभी त यही प्रकारको भनी यकिन गरेर प्रकारै छुटाइँदैन ।

उपचार

सामान्य दुभी भएमा औषधि लगाएर तथा सेवन गरेर नै उपचार हुन्छ । धेरै फैलिएमा फोटो थेरापीबाट यसको उपचार गरिन्छ । गर्भवती महिला तथा बालबालिकाका लागि पनि यो उपचार गर्न मिल्छ । यी दुई प्रविधिबाट निको नभएको खण्डमा शल्यक्रिया गर्नुपर्छ । समयमा उपचार भयो भने यो रोग पूर्ण रुपमा निको हुन सक्छ तर धेरै फैलिएको अवस्था छ भने उपचार सम्भव नहुन पनि सक्छ ।

ध्यान दिनुपर्ने कुरा

– दुभी आएका व्यक्तिले चोटपटक लाग्ने काम नगर्ने

– टाइट कपडा नलगाउने

– कडा घाममा नबस्ने

– धुम्रपान, मद्यपान नगर्ने

– तनाव नलिने ।

डा. विकास पौडेल दुबी सेतो दुभी
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

थुक किन आउँछ ?

थुक किन आउँछ ?

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?