+

तथ्यांकमा जर्मनी र स्पेनको बहुप्रतीक्षित खेल

२०८१ असार  २१ गते १२:०४ २०८१ असार २१ गते १२:०४
तथ्यांकमा जर्मनी र स्पेनको बहुप्रतीक्षित खेल

२१ असार, काठमाडाैं । युरो २०२४ मा जर्मनीले आज स्पेनको आतिथ्य गर्दैछ र यो प्रतियोगिताकै बहुप्रतीक्षित खेल हुनेछ । फेरि यो प्रतियोगितामा सबैभन्दा राम्रो खेलिरहेका दुई टिमबीचको खेल पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

–यो खेलको विजेताले मंगलबार म्युनिकमा हुने सेफिाइनलमा फ्रान्स अथवा पोर्चुगलको सामना गर्नेछ ।

–यसपल्टको युरोमा दुवै टिम सर्वाधिक गोल गर्ने टिम हुन् । स्पेनले ९ र जर्मनीले १० गोल गरेको छ । दुवै टिम सर्वाधिक आक्रमण बुन्ने पनि हुन् ।

–स्पेनले युरो मात्र होइन्, विश्वकपमा पनि अहिलेसम्म आयोजक देशको चुनौती नकआउट चरणमा समाप्त पार्न सकेको छैन ।

–स्पेन प्रतियोगितामा अहिलेसम्म सबै चार खेल जित्ने एक मात्र टिम हो । उसले क्रोएसिया, इटाली, अल्बानिया र जर्जियालाई हराएको हो ।

–जर्मनी पनि अपराजित छ । उसले स्कटल्यान्ड, हंगेरी र डेनमार्कलाई हराएको छ भने स्वीटजरल्यान्डसँग बराबरी खेलेको छ ।

–सन् १९८८ को युरोयता जर्मनीले स्पेनलाई ठूलो प्रतियोगितामा हराउन सकेको छैन ।

–यी दुई टिमबीच अहिलेसम्म २६ खेल भएका छन् । त्यसमध्ये जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ ।

–जर्मनीले युरोका सबै ६ क्वाटरफाइनल जितेको इतिहास छ । स्पेनले भने ९ क्वाटरफाइनलमध्ये ६ खेलमा हार बेहोरेको छ ।

जर्मनी र स्पेन युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय