+
+

एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १५:३६

२१ असार, काठमाडौं । एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

प्रज्ञा भवनमा चलिरहेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । हलमा उपस्थितहरूले विरोध गरे । खनालले दिउँसो ३ बजेसम्म प्रज्ञा भवन छाड्नुपर्ने बाध्यता रहेको सुनाए ।

मतदान गर्ने हो भने अर्को ठाउँ खोज्नुपर्ने र कति समय लाग्ने हो भन्न नसकिने बताए । त्यसपछि महाधिवेशन हलले उनको प्रस्ताव पास गरेको छ ।

तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?