+
+

नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर छैन : राजेन्द्र बजगाईं

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:२६

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर नगरेको बताएका छन् ।

आइतबार प्रतनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सांसदहरु समेत स्व: दवावमा रहने गरेको उनले बताए ।

‘यो संसदमा आइरहँदा कता कता लाग्छ– हामी सबै माननीय सांसदहरु दवाबमा छौं । एउटा पुल भत्कियो, एक जना भाई बित्नुभयो, उसको बारेमा मैले बोलिन, यसभन्दा अगाडिका माननीयजीले बोल्नुभयो भने मसँग दवाव थपिएर आउँछ । यसकारणले गर्दा नेपालका राजनीतिक दलहरुको ध्यान नेपाल बनाउनेतिर छैन भन्ने कुरा मैले निश्चय गरेको छु’ उनले भने ।

चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्रीले संसारका धनाढ्यहरुलाई आफ्नो देशमा लगानी गर्नका लागि आफैँ सम्पर्कमा पुग्ने गरेको बताए । तर, नेपालका नेताहरुमा यस्तो ध्यान नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?