+
+

अस्मिता अधिकारी र करण परियारको ‘मैले सम्झिने मान्छे’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ११:२४

काठमाडौं । अस्मिता अधिकारी करण परियारको स्वरमा ‘मैले सम्झिने मान्छे’ गीत सार्वजनिक भएको छ । नेपाल आइडल सिजन ५ का विजेता समेत रहेका करणको स्वरमा सार्वजनिक भएको यो दोस्रो गीत हो ।

गीतलाई डा. विष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत गरेका छन् । गीतमा महाराज थापाको एरेन्ज छ ।

प्रेमिल भावको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा सनिशा भट्टराई र शीतल वाग्लेले अभिनय गरेका छन् ।

भिडियोमा मानकृष्ण महर्जन र पवन सुस्लिङको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?