+
+

प्रभु बैंकका ग्राहकलाई टी–थ्री थकाली र साइनो तन्दुरीमा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ९:५७

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सञ्चालित टी–थ्री थकाली एण्ड मल्टी कुसिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टी–थ्री थकाली ग्रुप प्रा.लि.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउने बैँकले जनाएको छ ।

टी–थ्री थकाली एण्ड मल्टी कुसिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्यद्वारको पूर्वपट्टिको लाइनमा २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकका अनुसार उसका ३१ लाखभन्दा बढी ग्राहकहरु छन् । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टर सन्चालित छन् ।

लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि इयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?