+

मेसीको गोलमा क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२०८१ असार  २६ गते ७:५० २०८१ असार २६ गते ७:५०
मेसीको गोलमा क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२६ असार, काठमाडौं । लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।

मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे ।

अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ । साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।

खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मेसीले गोल थपे । उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन् ।

आफ्नो करियरको सातौं कोपा खेलिरहेको मेसीले सन् २०११ बाहेक ६ संस्करणमा गोल गरेका छन् । उनले सन् २००७ मा पहिलो पटक कोपा खेल्दा दुई गोल गरेका थिए ।

यस्तै २०१५ मा १ गोल, २०१६ मा ५ गोल, २०१९ मा १ गोल र २०२१ मा ४ गोल गरेका थिए ।

मेसीले अहिलेसम्म कोपामा १३ गोल गरेका छन् । उनी सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा सातौं स्थानमा छन् ।

अर्जेन्टिनाकै नोर्बेर्तो मेन्डेज र ब्राजिलका जिजिन्होले सर्वाधिक १७-१७ गोल गरेका छन् ।

यस्तै पेरुका टिओडोरो फर्नान्डेजले र उरुग्वेका सेभेरिनो भरेलाले समान १५ गोल गर्दा पेरुका पाओलो गुएरेरो र चिलीका एडवार्डो भर्गासले समान १४ गोल गरेका छन् । ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय