+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्डको ब्रिफिङ : ओलीले षड्यन्त्रको राजनीति गरे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १९:१८

२६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो ।

त्यसबेला आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको उनले स्मरण गरे । तर ओलीले सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टीओरआर बनाउने कुरा गरेर गठबन्धन फेर्न लागेको होइन भनेर भ्रमपूर्ण रुपमा आफूलाई आश्वस्त पारेको प्रचण्डले बताए ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार १८ गते बिहान भएको भेटमा पनि ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी नदिएको प्रचण्डको ब्रिफिङ थियो ।

‘केही भएको छैन, तीन नेता बस्ने कुरा छ भनेपछि प्रधानमन्त्रीले शेरबहादुर देउवासँग सोध्नुभयो’, ओलीले ढाँटछलको राजनीति गरेको भन्दै पाण्डेले भने, ‘उहाँले सहमति भइसक्यो, सरी भन्नुभयो ।’

एमालेसँग गठबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको भन्दै प्रचण्डले भने, ‘ओलीजीले षड्यन्त्र गर्नुभयो । तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिए पनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्छ ।’

उनले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको बताए ।

यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने उनको तर्क छ ।

माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘हामीले विश्वासको मत नपाएपछि धारा ७६(३) मा जान्छ, राष्ट्रपतिले त्यही गर्नुपर्छ र गर्नुहुन्छ भन्नेमा उहाँ विश्वस्त देखिनुहुन्थ्यो ।’

माओवादी संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ह्वीप जारी गरेको छ भने संविधान रक्षाको पक्षमा रहेका दलहरुसँग सम्वाद गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?