+
+

गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ७:३१

२७ असार, गुल्मी । गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा भएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो ।

बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार थापाले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता भएको प्रमाणपत्र समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीलाई प्रदान गरेका हुन् ।

पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा कार्याक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जिल्लामा खोपको क्षेत्रमा गरेका प्रगतिहरुको बारेमा उल्लेख गरेका थिए ।

सुनिश्चतता जिल्ला घोषणा गर्दै सुपरभाइजर थापाले यस अभियानमा वडास्तरदेखि जिल्लासम्म खटिने सबै स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको । उनले १५ महिनामुनिका बच्चाहरुलाई खोप सुनिश्चित भएकोमा खुसी व्यक्त गरे ।

जिल्लालाई २०७१ साल चैत ३० गते  नेपालमै सातौं जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ ।

जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस कार्य सबै वडा र पालिकाहरुले गरेका छन् ।

जिल्ला खोप समन्वय समितिले पूर्ण खोप दिगोपन सुनिश्चतता गर्न १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

खोप कार्यक्रममले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टङकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक रहेको छ ।

त्यस्तै जापानिज इन्सेफलाइटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा खोपकेन्द्र तीन सय ३२ वटा रहेका छन् । भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् ।

पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने जिल्ला खोप समन्वय समिति संयोजक जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले बताए ।

लक्ष्यअनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न र दिगोपनाको लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए ।

पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरिएको छ ।

प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सूक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वस्थ्य निरीक्षक पशुपति आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?