+
+

नयाँ सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने : एकीकृत समाजवादी

रासस रासस
२०८१ असार २८ गते ११:५४

२८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्ने बताएको छ । पार्टी नेता मेटमणि चौधरीले सरकारमा सहभागी नहुने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

वर्तमान सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसद्बाट विश्वासको मत लिने कार्यतालिका छ ।

वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रियसभामा ८ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?