+
+

प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिनँ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:४५

२८ असार, काठमाडौं । नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि बसिरहेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा लेखकले उक्त टिप्पणी गरेका हुन् । ‘उहाँका अधिकांश कुरामा हाम्रो विमति छ । अधिकांश कुरामा आफ्ना विचार छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन । किनभने यसले थप कटुता मात्रै पैदा गर्छ ।’

पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु भएकाले आलोचना नगर्ने उनले बताए । प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?