+
+

माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १७:४३

२८ असार, काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा सुभाष जमरकटेल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समिति बैंठकले आगामी १ साउनदेखि लागु हुने गरी अर्याललाई डेपुटी सीईओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन शंकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव रहेको छ । अर्यालले यसअघि तत्कालीन सिभिल बैंक, सनराइज र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

त्यस्तै जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् । उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिएका उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?