+
+

सांसद गौतमको प्रश्न : मन्त्रिपरिषद् समावेशी किन भएन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १८:३०

३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नयाँ मन्त्रिपरिषद् समावेशी किन नभएको भनी प्रश्न गरेकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गौतमले संविधानले व्यवस्था गरेअनुरूपको महिला, दलित लगायतको प्रतिनिधित्व नभएको बताएकी हुन् ।

उनले भनिन्, ‘संविधानले सुनिश्चत गरेको व्यवस्थासमेत सरकारले मानेको देखिएन । सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ?’

सांसद गौतमले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।

सांसद गौतमले मन्त्रीहरूलाई आफ्नो सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न पनि आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?