+
+

ओलीले मन्त्रीहरुलाई दिए डेडलाइन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १९:१७

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् ।

२२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् ।

उनले भने, ‘छ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुपर्‍यो, परिणा देखिनुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?