+
+

आर्थिक ऐन पास नहुँदा लमही नगरपालिकाको सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १३:५२

१ साउन, देउखुरी । दाङको लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन पास हुन नसक्दा सेवा प्रभावित भएको छ ।

ऐन पास नहुँदा नगरपालिकाले खर्च गर्न पाउँदैन । यसले गर्दा नगरका साथै वडाबाट प्रवाह गरिने कतिपय सेवा पनि प्रभावित बनेका छन् ।

नगरपालिकाले असार मसान्तभित्र आर्थिक ऐन पास गरिसक्नुपथ्र्यो । तर नगरपालिकाको आन्तरिक विवादका कारण ऐन पास हुन सकेन ।

नगर प्रमुख जोगराज चौधरीले नयाँ ऐन तत्कालै पास गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘पर्सि (बिहीबार)सम्म ऐेन बन्छ । त्यसपछि बैठक बसेर पास गछौं ।’

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले विषयगत समितिको बैठक नबस्दा नयाँ आर्थिक ऐेन पास हुन नसकेको बताए । ‘अहिले तयारी भइरहेको छ । सायद एक, दुईदिनमा यो समस्या समाधान होला,’ उनले भने ।

देउखुरीबाट शिवु खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?