+
+

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतृत्व गर्दै भगवती न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते २०:५२

१ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको नेतृत्व सांसद भगवती न्यौपानेले गर्ने भएकी छन् । एमाले नेताहरूका अनुसार न्यौपानेलाई संसदीय दलको नेता बनाउने कि मुख्य सचेतकको रूपमा नेतृत्व दिने विषयमा छलफल चलेको छ ।

‘मुख्य सचेतकको रुपमै माननीय भगवती न्यौपानेले राष्ट्रिय सभामा दलको नेतृत्व गर्नुहुने सम्भावना छ । यससम्बन्धमा छिट्टै निर्णय हुन्छ,’ एमालेका एक नेताले भने ।

न्यौपाने हाल राष्ट्रिय सभामा संसदीय दलको मुख्य सचेतक छन् । एमालेले सरकारको नेतृत्व गरेसँगै उनी मुख्य सचेतक भएकी छन् । सरकारको नेतृत्वकर्ता दलको मुख्य सचेतक हुने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता रहेका देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन् । यो सँगै राष्ट्रिय सभामा एमालेको तर्फबाट नेतृत्वकर्ताको खोजी भएको हो ।

तत्काललाई दलको नेता नबनाएर न्यौपानेलाई नै नेतृत्वको जिम्मेवारी दिने तयारी एमालेले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?