+

सूर्यकुमार बने भारतको नयाँ टी-२० कप्तान

२०८१ साउन  ३ गते २१:०९ २०८१ साउन ३ गते २१:०९
सूर्यकुमार बने भारतको नयाँ टी-२० कप्तान

३ साउन, काठमाडौं । शीर्षक्रमका ब्याटर सूर्यकुमार यादव भारतको नयाँ टी-२० कप्तान बनेका छन्  | भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजको लागि सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो । भारतले श्रीलंका भ्रमणमा समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्दै छ ।

दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट सन्यास लिएका थिए ।

रोहितले छोडेपछि हार्दिक पान्ड्या, सूर्य, शुभमन गिल कप्तानको दाबेदार थिए । हार्दिक विश्वकप जित्दाका उपकप्तान थिए । तर गिललाई उपकप्तान बनेका छन् । ओडीआईमा भने रोहित शर्माले निरन्तरता पाउनेछन् | भारत र श्रीलंकाबीच तीन खेलको टी-२० आई सिरिज २७,२८ र ३० जुलाईमा हुनेछ । तीन ओडीआई सिरिज २ , ४ र ७ अगस्टमा कोलम्बोमा हुनेछ ।

सूर्यकुमारको कप्तानीमा भारतले गत नोभेम्बरमा अस्ट्रेलियासंग पाँच खेलको सिरिज ४-१ ले जितेको थियो । दक्षिण अफ्रिकासँग तीन खेलको सिरिज १-१ को बराबरी भएको थियो ।

टी-२० आई टोली : सूर्यकुमार यादव( कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज।

ओडीआई टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल(उपकप्तान) विराट कोहली, श्रेयस ऎर, रियान पराग, ऋषभ पन्त, लोकेश राहुल, हर्षित राना, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदिप यादव, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज ।

क्रिकेट भारत सूर्यकुमार यादव

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय