
४ साउन, पाल्पा । पाल्पामा साउन पहिलो सातासम्म जम्मा ६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमा पानी नपरेका कारण यो वर्ष ढिलो रोपाइँ सुरु हुँदा प्रतिशन पनि कम भएको हो ।
गत वर्ष यो समयमा ८० प्रतिशत बढी क्षेक्रपललमा रापाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । अहिले जिल्लाका माडी, कचल बासांटारी, झडेवा, अर्गलीलगयतका फाँटहरूको अधिकांश भूभागमा रोपाइँ सकिएको छ ।
तर मकैखेती लगायतका रामपुर हुँगी क्षेत्रमा भने रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिए । ढिलो पानी परेका कारण यो वर्ष किसानले असारको दोस्रो साताबाट मात्रै रोपाइँ सुरु गरेका थिए ।
सिचाँइको पर्याप्त सुविधा नभएका कारण आकासे पानीकै भरमा किसानले रोपाइँ गर्दै आएका छन् । पाल्पामा करिब १९ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ८ हजार २४० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ ।
पाल्पाका किसानले उन्नत जात र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बासमती, झिनुवा, सावित्रीलगायतका जातको धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया 4