+

काभा यू-२० महिला भलिबल : नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने

२०८१ साउन  ५ गते २३:५७ २०८१ साउन ५ गते २३:५७
काभा यू-२० महिला भलिबल : नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने

५ असार, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ ।

लिग चरणको सबै खेल सकिएपछि सेमिफाईनल समिकरण टुङ्यो लागेको हो ।

लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो ।

लिगमा अपराजित श्रीलंका ३ खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा ३ अंकसहित नेपाल तेस्रै र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चाैथो स्थानमा रह्यो ।

लिगमा पहिलो श्रीलंका र चाैथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाईनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाईनल हुनेछ ।

दुवै समिफाईनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाईनल स्थानिय समय अनुसार ४ बजे हुनेछ ।

यस्तै नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाईनल खेल राती स्थानिय समय ८:३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।

यसअघि लिग चरणमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । अब सेमिफाईनलमा नेपाल सामु बदला लिने अवसर छ । यपाधि जित्ने लक्ष्य बनाएको नेपालले त्यो सम्भावना कायम राख्न किर्गिस्तानलाई पराजित गर्तनुपर्नेछ ।

नेपालका प्रशिक्षक अर्जुन घिमिरेले ब्लक, रिसिभ र अट्याकमा सुधार गर्दै सेमिफाईनलमा लिगमा बेहोरेको हारको बदला लिने बताए । ‘हामीले लिगमा किर्गिस्तानसँग खेलिसकेका छाैँ । एक दिन रेस्ट छ । हाम्रो कमजोर रहेको रिसिभ र ब्लकमा सुधार गर्दै सेमिफाईनल खेल्नेछाैँ । यो हाम्रै लागि महत्वपूर्ण खेल हो ।’

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय