+
+

एआईजीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १२:५७

७ साउन, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

आफ्नो रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अब पोखरेलको रिट दर्ता हुनेछ ।

१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको एआईजी बढुवामा कुनै निर्णय गरेन । त्यही कारण पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गए ।

बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेल प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाउँदै सर्वोच्च पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?