+
+

कांग्रेस सांसदले बोल्दा माओवादी र रास्वपा सांसदले टेबुल ठोके

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १६:१२

८ साउन, काठमाडौं । संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एकले अर्कोको अभिव्यक्तिमा समर्थन जनाउने बिरलै घटना देखिन्छन् । तर, नेपालको संसदमा बेलाबखत यस्त दृश्य देखिन्छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पुरुषहरु निर्णय गर्ने ठाउँमा हावी हुँदा महिलाहरुले कार्यकारी भूमिका पाउन नसकेको बताइन् ।

मनुस्मृतिमा जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता हुन्छन् भनिएकामा नेपालमा भनु जहाँ पुरुषको सम्मान हुन्छ त्यहाँ देवता हुन्छन् भनेजस्तो भएको सांसद थिङले बताइन् ।

‘यो किन मैले भनिरहेको छु भने जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला मन्त्रिपरिषदमा कहिले पनि देख्न नपाउने भयौं । सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस भएनन्’, उनले भनिन् ।

आफूले कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेको तर, कहिल्यै मन्त्रीका लागि योग्य हुन नसकेको सांसद थिङले बताइन् । ‘मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिइन’, उनले भनिन् ।

उनले अगाडि थपिन्, ‘महिलाहरू कहिलेसम्म समानुपातिकको दर्जामा दर्ज हुने हो ? हामीलाई कहिलेसम्म समान बनाउने हो ?’

त्यसपछि प्रतिपक्षी बेन्चमा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले टेबुल ठोकेर समर्थन जनाए ।

माओवादीका सांसद उर्मिला माझी, रास्वपाका सांसदहरु शिशिर खनाल, मनिष झा, हरि ढकालले टेबुल ठोकेर समर्थन जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?