+
+

दीपक रौनियार निर्देशित ‘पूजा, सर’ भेनिसमा वर्ल्ड प्रिमियर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:४१

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा यो फिल्म छनोट भएको छ ।

फिल्मको नेपाली र अंग्रेजी नाम हेरफेर गरिएको छ । यसअघि नेपालीमा ‘राजागञ्ज’ र अंग्रेजीमा ‘स्काइ इज माइन’ राखिएको थियो । निर्देशक रौनियारले फिल्मको नाम पनि परिवर्तन गरिएको बताए ।

पुलिस थ्रिलर जनरामा बनेको यो फिल्म नेपाल पुलिसकी एउटी सशक्त इन्स्पेक्टरको वरपर घुम्छ ।

जनकपुरमा छायाङ्कन गरिएको यो फिल्ममा सयौं व्यक्तिको अभिनय छ । एकै दिनमा ६ सय बढी व्यक्ति छायांकन सेटमा देखिएका थिए ।

कागवेनी, कर्मा, हाईवे, सेतो सूर्यजस्ता चलेका फिल्ममा अभिनय गरेकी आशा मगरातीले शीर्ष भूमिका निर्वाह गरेकी छन् । उनले सविन लेह्म्यान निर्देशित ‘ह्वाइट टाईगर’, मिलारेप्पा, बिएस राणाको ‘बसन्ती’लगायत दर्जनौं नाटकमा अभिनय पनि गरेकी छन् ।

लोकप्रिय टिभी सिरिज ‘दलन’मा समेत अभिनय गरेकी आशा मगरातीको यो फिल्ममा पनि मुख्य भूमिका छ । यो फिल्म आशाको पहिलो मुख्य भूमिका भएको फिल्म हो ।

फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरूङ, निरज श्रेष्ठ र पशुपती राईको पनि अभिनय छ ।

दयाहाङले यसअघि रौनियारसँग हाइवे, सेतो सूर्यजस्ता फिल्ममा काम गरिसकेका छन् । विजय बरालसँग उनको यो पहिलो सहकार्य हो ।

फिल्मको नेपाल प्रदर्शन मिति भने चाँडै घोषणा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?