+
+

लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते २१:२९

८ साउन, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमालेबाट भोलि भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले भने, ‘कांग्रेससँग छलफल भइरहेकाले मन्त्रालय टुंगिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?