+
+

टीआरसीबारे कार्यदल सदस्यले आ–आफ्नो दलमा छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:२६

९ साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदल सदस्यहरुले आ–आफ्नो दलमा छलफल गर्ने भएका छन् ।

बुधबार बसेको बैठकमा कार्यदल सदस्यले मिल्न बाँकी विषयमा आ–आफ्नो दलमा छलफल गरेपछि मात्र पुनः संयुक्त छलफल गर्ने सहमति भएको छ ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् । कार्यदलको बैठक बुधबार गृहमन्त्रालयमा बसेको थियो । छलफलले सहमतिलाई अझ नजिक पुर्‍याएको एमालेका मुख्य सचेतक बर्तौलाले बताए ।

‘एक पटक आ–आफ्ना दलमा छलफल गरेर सहमतिको भाषा के कस्तो राख्ने प्रस्ताव ल्याउने भन्ने भएको छ’, बर्तौलाले भने ।

असार १३ गते कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले कार्यदल बनाएको थियो ।

त्यसबेला प्रचण्ड प्रधानमन्त्री थिए । हाल ओली प्रधानमन्त्री छन् । अघिल्लो सरकार रहँदै बनेको कार्यदललाई अगाडि बढ्न वर्तमान सरकारले पनि भनेपछि कार्यदल सदस्यहरु नियमितजसो छलफलमा छन् ।

कार्यदल स्तरमा मिल्न बाँकी महत्वपूर्ण विषय हो – द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने, स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ । अदालतले नै यसमा विवेक पुर्‍याउने तर्क गरिएको छ । तर, यो विषयमा के कस्तो भाषा प्रयोग गर्ने भन्ने टुंगो लागेको छैन ।

बाँकी विषयमा करिब करिब सहमति जुटेको कार्यदल सदस्यहरु बताउँछन । भाषागत विषयमा भने छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?