+
+

समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते ८:४८

१४ साउन, काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।

डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भनी प्रश्न गर्दै स्पष्टीकरण मागेको छ ।

पटक-पटक लिखित र मौखिकरुपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न सक्ने आधारसहित १५ दिनभित्र सम्पन्न नहुनुको कारण पेस गर्न अल्टिमेटम दिएको छ ।

कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का तोडी कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?