+

ओलम्पिकमा एलेक्सले राष्ट्रिय कीर्तिमान बनाए पनि हिटबाटै बाहिरिए

२०८१ साउन  १५ गते १५:४२ २०८१ साउन १५ गते १५:४२
ओलम्पिकमा एलेक्सले राष्ट्रिय कीर्तिमान बनाए पनि हिटबाटै बाहिरिए

१५ साउन, काठमाडौं । नेपाली पौडीबाज एलेक्जेन्डर शाह पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडेका छन् । पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेको एलेक्सले हिट ३ मा प्रतिस्पर्धा गरेका एलेक्स समूहमा तेस्रो भएका थिए । उनले ५१.९१ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् ।

एलेक्सले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन् । उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए । उनको यो दोस्रो ओलम्पिक हो । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

सन् २०२१ मा भएको टोकियो ओलम्पिकको उद्घाटन समारोहमा उनले नेपालको झण्डा बोकेका थिए । त्यसबेला पनि एलेक्सले १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एलेक्सले ५३.४१ सेकेण्डको समय निकालेका थिए ।

एलेक्सले सन् २०१९ मा दक्षिण कोरियामा भएको वल्र्ड च्याम्पियनसिप मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए । टोकियो ओलम्पिक मार्फत ओलम्पिकमा डेब्यु गरेका एलेक्सले सन् २०१९, २०२३ र २०२४ गरी तीन पटक वर्ल्ड च्याम्पियनसिप र २०२२ को एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।

अमेरिकामा बसेर अध्ययन र प्रशिक्षण गर्दै आएका एलेक्स उतैबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका हुन् । अमेरिकाको न्युयोर्कस्थित फोर्डहम युनिभर्सिटीमा साइकोलोजी अध्ययनरत एलेक्स फोर्डहम युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्दै आएका छन् ।

यससँगै पेरिस ओलम्पिकमा सहभागी सात मध्ये ६ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् ।

अब एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्र्धा गर्न बाँकी छ । प्रिन्सले एक खेल बाँकी रहे पनि उनी समूह चरणबाट अगाडि नबढ्ने निश्चित भइसकेको छ ।

एलेक्स ओलम्पिक गृष्मकालीन पेरिस ओलम्पिक पौडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय