+
+

कम्युनिष्टहरूलाई लोकतान्त्रिक बनाउन पुष्पलालको ठूलो योगदान : राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १३:५९

१७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् ।

पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राखेका हुन् ।

पुष्पलालले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै पौडेलले भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु हुन्थ्यो । त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि यो महत्वपूर्ण प्रस्ताव थियो ।’

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण गरेको बताए । उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे ।

राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनर्स्थापना सम्भव भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?