+
+

नेपालस्थित ओस्कार अवार्डको छनोट समितिले माग्यो फिल्मको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १२:२९

काठमाडौं । ओस्कार अवार्डको नेपालस्थित अन्तर्राष्ट्रिय फिचर छनोट समितिले आगामी संस्करणका लागि फिल्मको आवेदन मागेको छ । समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै ९७ औं ओस्कारका लागि आवेदन खुला गरेको हो ।

१ नोभेम्बर २०२३ (२०८० कात्तिक १५) देखि ३० सेप्टेम्बर २०२४ (२०८१ असोज १४)सम्म सार्वजनिक प्रदर्शनमा आएका फिल्मले प्रतिस्पर्धामा भाग लिन पाउने सूचनामा उल्लेख छ ।

यसका लागि भदौ २७ गते (सेप्टेम्बर १२ तारिखसम्म) समितिमा फिल्म दर्ता भइसक्नुपर्ने जनाइएको छ । दर्ता गर्न दिइएको समयभित्र रिलिज नभएपनि सेप्टेम्बरभित्र फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेका फिल्मले पनि दर्ता गर्न पाउने समितका अध्यक्ष राजु केसीले बताए ।

किनभने, मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ दर्ता गर्ने अन्तिम मितिको भोलिपल्ट मात्र रिलिज हुँदैछ । रिलिज मिति घोषणा गरेको भए हुने प्रावधानले ‘शाम्बाला’लाई सजिलो भएको छ ।

सूचनामा योग्यताका लागि आवश्यक प्राविधिक मापदण्ड पनि तोकिएको छ । आगामी ओस्कार अवार्ड अमेरिकाको लस एन्जलसमा २ मार्च (अमेरिकी मितिअनुसार) मा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?