+
+

कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १३:२३

१८ साउन, काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ ।  बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।

यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ ।

यस्तै  २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ ।

यस्तै एनजी ल्याएर  मौका परीक्षा दिन पाउने  विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेको छ ।   मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?