+
+

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : सभापति यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १४:५३

१८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । यसबारे परराष्ट्र मन्त्रालयसँग जानकारी लिने र समितिले आवश्यक निर्देशन दिने उनको दाबी छ ।

सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा खसेका थिए । २४ जनाको शव भेटिएको छ, ३८ जना अझै बेपत्ता छन् । दुवै बस पनि भेटिएका छैनन् ।

भारतबाट गोताखोर ल्याएर बसको खोजी गर्ने क्रममा प्रयोग भएको ठूलो चुम्बक पनि हराएको थियो । त्यही समाचार समाजिक सञ्जाल एक्समा शेयर गर्दै चिनियाँ राजदूत छन् सोङले ‘त्यसो भए चुम्बक खोज’ (find the magnet then) लेखेका थिए ।

चिनियाँ राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर टिप्पणी गरेको सभापति यादवले बताए । दुघर्टनामा बेपत्ता भएका मानिस र बसको खोजीका लागि नेपालले सहयोग मागेपछि भारतीय टोली आएको भन्दै उनले भने, ‘त्यससँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो ।’

नेपाल र चीनको सम्बन्ध कसरी राम्रो बनाउने काम चिनियाँ राजदूतको भएको उनले बताए ।

‘उहाँले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्नु भएको छ’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादवले भने, ‘एउटा राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ ।’

कुनै पनि देशको राजदूतले नेपालको आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने कार्य सैह्य नहुने उनले बताए ।

यसबारे संसद्‌मा पनि कुरा उठेको भन्दै उनले यसमा के भइरहेको छ भनेर परराष्ट्र मन्त्रालयसँग जानकारी दिने बताए । ‘के कारणले यस्ता टिकाटिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न के पहल गरेको छ भनेर मन्त्रालयसँग जानकारी लिन्छौं,’ सभापति यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?