+

नेपाली महिला टोली काभा बिच भलिबलको फाइनलमा

२०८१ साउन  १९ गते ९:३९ २०८१ साउन १९ गते ९:३९
नेपाली महिला टोली काभा बिच भलिबलको फाइनलमा

१९ साउन, काठमाडौं । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २१-१३, २१-१२ ले हरायो ।

नेपाली टोली समूह चरणमा खेलेको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल पुगेको थियो ।

नेपालको पुरुष टिमले पनि आजै सेमिफाइनल खेल्दैछ । मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ ।

प्रतियोगिता सेमिफाइनल र फाइनल खेलहरू पनि आजै हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

काभा बिच भलिबल नेपाली भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय