+
+

काभा वुमन्स नेसन्स कपमा नेपालले आज भारतको सामना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १९ गते १०:४०

१९ साउन, काठमाडौं । घरेलु भूमिमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थि राखेपको कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपालले उद्घाटन खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो । उता भारतले लगातार दुई खेल जितिसकेको छ । पहिलो खेलमा इरानलाई ३-१ ले हराएको भारतले दोस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । भारत लिग चरणमा आफ्नो तेस्रो खेल खेल्दैछ ।

भारत दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । एक खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र भारत महिला भलिबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तर नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।  त्यसैले नेपाली टोली घरेलु कोर्टमा घरेलु समर्थकको साथमा भारतविरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ ।

पछिल्लोपटक नेपाल र भारतबीच गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा प्रतिस्पर्धा भएको थियो । जसमा राम्रो प्रदर्शन गरेपनि नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो । यस्तै गत वर्ष नेपालमै भएको काभा वुमन्स च्यालेन्ज लिगमा नेपाल भारतसँग ३-१ कै सेटमा पराजित भएको थियो ।

सन् २०१९ मा काठमाडौंमा भएको १३औं सागमा नेपाल भारतसँग समूह चरण र फाइनलमा गरी दुई पटक पराजित भएको थियो ।

त्यतिबेला समूह चरणमा सोझो सेटमा पराजित भएको नेपालले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नका बावुजत पनि ३-२ को सेटमा पराजित भएको थियो ।

पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग चारपटक खेलिसक्दा पनि अहिलेसम्म जित हात पार्न सकेको छैन ।

यसपटक नेपाली टोलीका जितका लागि भोक पनि छ र भारतलाई पहिलोपटक हराउँदै काभा नेसन्स लिगमा उपाधि दाबेदारी पनि पेश गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?