+
+

मर्दीमा भेटिएको कंकाल स्वीडिस युवककै हुनसक्ने देखिन्छ : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १२:५२

२० साउन, पोखरा । कास्कीको मर्दी हिमाल पदमार्गमा क्षेत्रमा भेटिएको मानव कंकाल पदयात्राका क्रममा बेपत्ता भएका स्वीडेन युवककै हुन सक्ने दाबी प्रहरीले गरेको छ । हालसम्मको प्राप्त प्रमाणका आधारमा उक्त कंकाल स्वेडनका नागरिक २२ वर्षीय मिचल लिउ ब्लोम्बर्गकै भएको देखिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख मोहन थापाका अनुसार मिचल लिउले लगाएको ट्राउजर र भेटिएको ट्राउजर उस्तै भेटिएकाले स्विडिस नागरिक हुने दाबी पुष्टि हुन्छ । यद्यपि उनले अनुन्धान टोली कंकाल भेटिएको ठाउँमा नपुगिसकेको बताए ।

५ जनाको प्रहरी टोली, वडाध्यक्ष हरिबहादुर क्षेत्रीको नेतृत्वमा भेंडी गोठाला, मालिक जान लागेका छन् । टोली भोलिमात्र घटनास्थलमा पुग्ने छ ।

लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका थिए । मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो । केही दिन हेलिकप्टरसहित खोजी जारी राखे पनि उनको अवस्था अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?