+
+

दक्षिण कोरियाबाट ‘ग्रेट नेपाल फर ग्रेट नेप्लिज’ सांगीतिक अभियान सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १८:४४

काठमाडौं । दक्षिण कोरियाबाट सांगीतिक अभियान ‘ग्रेट नेपाल फर ग्रेट नेप्लिज’ सुरु हुने भएको छ । आगामी सेप्टेम्बर १५ मा राजधानी सिउल र सेप्टेम्बर १७ अर्को प्रमुख सहर बुसानमा ‘रेड स्टार ग्रान्ड म्युजिक इभेन्ट्स-२०२४’ हुने आयोजक रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक एचबी ताम्राकारले अनलाइखबरलाई जानकारी दिए ।

कार्यक्रममा प्रमोद खरेल, एलिना चौहान, चेतन सापकोटा, आशिष राना लाउरे, टंक बुढाथोकी, सिजम सिञ्जाली, सुवोध गौतम, आश्मा विश्वकर्मा लगायत कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । ताम्राकारका अनुसार उक्त सांगीतिक अभियान दुई वर्षभित्र ५० वटा देशमा गर्ने लक्ष्य छ ।

‘डायस्पोराका नेपालीहरुलाई संगीत मार्फत जोड्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौं । साथै त्यहाँ रहेका नेपाली विद्यार्थी, श्रमिक, व्यवसायीहरुका समस्यालाई राजदूतावासको पहलमा केही समाधान निकाल्न सकिन्छ भन्ने प्रयास पनि हाम्रो हुनेछ,’ ताम्राकारले भने, ‘नेपाली कला र संस्कृतिको विभिन्न देशमा प्रवर्द्धन गर्दै नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन सानै भएपनि कोसेढुंगा बन्न सकिन्छ कि भन्ने हाम्रो उद्देश्य हो । अनि देशमा पठाउने रेमिट्यान्स पठाउने र सही सदुपयोगबारे जागरुकता फैलाउनु पनि हाम्रो उद्देश्य रहनेछ ।’

हाल केही कलाकारको घोषणा गरिएपनि यो अभियानमा हरेक देशको कार्यक्रममा फरक-फरक कलाकार हुने पनि प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

उनका अनुसार हरेक देशमा चार चरणका कार्यक्रम हुनेछन् । पहिलो चरणमा म्युजिक इभेन्ट हुनेछ भने दोस्रो चरणमा डायस्पोराका नेपालीहरुका समस्या र समाधानबारे सरोकारवालासँग अन्तरक्रिया गरिनेछ । यसैगरी तेस्रो चरणमा केही म्युजिक भिडियोको समेत छायांकन हुने जनाइएको छ । अन्तिम चरणमा त्यहाँको विकास, सभ्यता, प्रणालीलाई नजिकबाट नियालेर नेपालले समेत केही सिक्ने गरी डकुमेन्ट्री निर्माण गरिने ताम्राकारले जानकारी दिए ।

‘हरेक देशमा डकुमेन्ट्री बनाउने छौं । ताकि त्यहाँको विकास र सिस्टमलाई हेरेर हामीले पनि केही सिक्न सकौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?