+
+

एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:३७

२२ साउन, काठमाडौं । नेकपा एमालेले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका–१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ ।

यसअघि प्रदेश अध्यक्ष अध्यक्षहरूको हैसियत पोलिटब्यूरो सरह हुने व्यवस्था थियो । कार्यकारी भूमिका हुने र पोलिटब्यूरो सदस्यको मान्यता पाइने हुँदा प्रदेश अध्यक्षमा आकर्षण देखिएको थियो ।

पार्टीमा पोलिटब्यूरोकै हैसियतमा रहेका गुलाबजंग शाहले कर्णाली अध्यक्षमा उम्मेदवारी दिंदै जितेका थिए । केन्द्रीय कमिटीमा रहेका अरू नेताहरूले पनि प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

अध्यक्ष ओलीको निर्देशन विपरीत प्यानल बनाएर प्रदेश नेतृत्व लिन चुनाव भएको थियो । आफ्नो निर्देशन नमानेपछि ओलीले प्रदेश अध्यक्षको हैसियत झुक्किएर पोलिटब्यूरो हुन गएको बताएका थिए ।

आज जारी अपानिबाट भने प्रदेश अध्यक्षहरूको हैसियत केन्द्रीय कमिटी सदस्यभित्र राखिएको छैन । ३५६ सदस्यीय केन्द्रीय कमिटी सदस्यभन्दा पछाडि पदेन सदस्यहरूको सूची तयार पारेर प्रदेश अध्यक्षहरूको नाम समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?