+
+

युकेको बीवानसी क्लबले जित्यो ‘मोना युरो कपको’ उपाधि

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ साउन २३ गते ६:२५

बार्सिलोना । मोना स्पेन युरो कप-२०२४ को उपाधि बेलायतको बीवानसी फुटबल क्लबले जितेको छ ।

आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न फाइनल खेलमा नेदरल्यान्ड्सको नेपाली ड्रिम टिमलाई ४-३ गोलअन्तरले पराजित गर्दै बीवानसीले उपाधि चुमेको हो ।

सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो हाफमा बीवानसीले ३-० ले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा नेपाली ड्रिम टिमले पुनरागमन गर्दै ३-३ को बराबरीमा पुर्‍याएको थियो ।  निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा बीवानसी क्लबले एक गोल थप्दै उपाधि सुनिश्चित गरेको हो ।

उपाधि चुम्दै विजेता बनेको बेलायतको बीवानसी क्लबले ५ हजार ५ युरो नगद सहित ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरेको छ।

उपविजेता नेदरल्यान्ड्सको नेपाली ड्रिम टिमले २ हजार २ युरो नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेल निकै रोमाञ्चक बनेको भन्दै दर्शकले दुवै टिमको प्रशंसा गरेका थिए।

शनिबार नै निकालिएको ‘ड्र’ मार्फत लिग चरणका लागि चार समूहमा टिमहरु विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपफाम एफसी पोर्चुगल र बाग्लुङ समाज स्पेन र समूह ‘बी’ मा बीवानसी एफसी युके, एनआरएनए पाईसभास्को र गोर्खाली युनाइटेड एफसी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यसैगरी समुह ‘सी’ मा तमु समाज स्पेन, नेपाली ड्रिम टिम र मोना स्पेन ‘ए’ बीच प्रतिस्पर्धा भएको थियो । र, समूह ‘डी’ मा एनआरएनए पोर्चुगल, एभरेष्ट एफसी म्याड्रिड र मोना एफसी ‘बी’ खेलेका थिए।

चार समूहबाट विजेता र उपविजेता टिम नकआउट चरणमा प्रवेश गरेका थिए । नकआउट चरणमा ८ टोलीबीच प्रतिस्पर्धा हुँदै सेमिफाइनलको समीकरण बनेको थियो ।

बीवानसी एफसी युकेले नेपफाम एफसी पोर्चुगललाई र नेपाली ड्रिम टिम नेदरल्यान्ड्सले एभरेष्ट एफसी मड्रिडलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा बिजेता टिम बीवानसीका सौगात गुरुङ बने । प्रतियोगितामा ८ गोल गर्दै बीवानसीका इभान गुरुङ सर्वाधिक गोलकर्ता बन्न सफल भए । उपविजेता बनेको नेपाली ड्रिम टिम नेदरल्यान्ड्सका बसन्त मरहट्टा उत्कृष्ट गोलकिपर घोषित भए।

उत्कृष्ट खेलाडी बनेका गुरुङले अनलाइनखबरसँग कुराकानी गर्दै आफ्नो टिमले चार पटक युरोप स्तरीय प्रतियोगिता जितेको बताए ।

बीवानसी एफ कप्तानसमेत रहेका गुरुङले भने, ‘हामी युकेदेखि आएर स्पेनमा पनि बिजेता बन्न पाउदा धेरै खुशी छौं । यसअघि पोर्चुगलमा दुईपटक र बेल्जियममा एकपटक उपाधि जितिसकेका छौं । यो दुई बर्षमा पाएको उपलब्धि हो।’

प्रतियोगिताका संयोजक सुरेश शर्माले सयौं दर्शकको उपस्थितिमा विभिन्न देशमा बस्दै आएका नेपालीहरूबीच युरोकपको संरचनामा खेल सम्पन्न भएको भन्दै खुशी ब्यक्त गरे । ‘बेलायत, नेदरल्यान्ड्स,पोर्चुगल र स्पेनका विभिन्न शहरबाट टिमले भाग लिनु आफैंमा हाम्रो उदेश्य पुरा हुनु हो । आयोजक मोना स्पेनका लागि यो एउटा ऐतिहासिक क्षण हो,’ उनि भन्छन्, ‘आगामी दिनमा अझ थुप्रै देशबाट सहभागिता रहने गरी यस्ता कार्यक्रम गर्न हामीलाई हौसला मिलेको छ।’

तस्वीर सौजन्य : अनिल पोखरेल

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
लेखकको बारेमा
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?