+

तौल बढी हुँदा भारतीय कुस्ती खेलाडीले ओलम्पिक फाइनल खेल्न नपाउने

२०८१ साउन  २३ गते १३:३२ २०८१ साउन २३ गते १३:३२
तौल बढी हुँदा भारतीय कुस्ती खेलाडीले ओलम्पिक फाइनल खेल्न नपाउने

२३ साउन, काठमाडौं । पेरिसमा जारी ग्रीष्मकालिन ओलम्पिक २०२४ मा भारतीय कुस्ती खेलाडी विनेश फोगात ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि फाइनल खेल्न नपाउने भएकी छिन् ।

मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनल, क्वाटरफाइनलमा युक्रेनकी ओक्सना लिभाच र सेमिफाइनलमा क्युबाकी गुज्मानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् ।

तर आज राती १२: ४५ मा फाइनल खेल्नुअघि तौल मापन गर्दा ५० केजी भन्दा बढी भएको हो । भारतीय मिडियाका अनुसार फोगातको तौल बढी हुँदा रातभर नसुती बसेकी थिइन् । आज अन्तिम पटक तौल गर्दा एक सय ग्राम भन्दा बढी भएको हुँदा अयोग्य घोषित भएकी हुन् ।

उनी अयोग्य भएपछि अमेरिकाकी साराह हिल्डेब्रान्ड्ट खेल्दै नखेली स्वर्ण जित्नेछिन् । उनले ओलम्पिकमा हिंसा लिुन अघि भारतमा यौन उत्पिडनको विरुद्ध आन्दोलन गरेकी थिइन् ।

गतवर्ष भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहले यौन उत्पीडन गरेको आरोप भारतीय खेलकुद जीवनमा चलेको थियो । त्यसैको कारण फोगातसहित केही कुस्ती खेलाडीहरु उनीविरुद्ध निरन्तर आफ्नो विरोध गरेका थिए ।

भारतका दुई चर्चित अवार्ड खेल रत्न र अर्जुन पुरस्कार दिल्लीको फुटफाटमा छोड्दै पुलिसलाई प्रधानमन्त्रीलाई दिन आग्रह गरेकी थिइन् ।

ग्रीष्मकालिन ओलम्पिक भारतीय कुस्ती खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय