+
+

बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने नेपालको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २०:४९

२३ साउन, काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको छ ।

बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो ।

बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्‍याउने नेपालले विश्वास गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । आन्दोलनबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछौं र आन्दोलनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?