+
+

दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १७:२२

२४ साउन, काठमाडौं । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो ।

यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेलाई १४ औं वरियतामा राखेर पौडेललाई १६ औंमा राखेर प्रधानमन्त्री ओलीले वरियता हेरफेर गरेका हुन् । तर कांग्रेस केन्द्रीय सदस्य मात्र रहेकी आरजु राणा भने वरियताको सातौं नम्बरमा छिन् ।

हेर्नुहोस् मन्त्रीहरुको सुधारिएको वरियता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?