+
+

लुम्बिनीका कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते ९:४०

२५ साउन, बुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए । ‘मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने ।

तिमिल्सिनाले कार्यव्यस्तताको कारण राजीनामा दिएको भने पनि उनी निकट स्रोतले भने मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण राजीनामा दिएको बताउँछ ।

नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् । कांग्रेसको भागमा परेको आन्तरिक मामिला मन्त्रालयमा भने पार्टीले कसैलाई पठाउन सकेको छैन ।

सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको थियो । केही दिन मोबाइल स्वीचअफ गरेर बसेका तिमिल्सेनाले गत साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएका थिए ।  उनले प्रमुख सचेतकले पाउने गाडी सुविधा पनि २१ गते नै प्रदेश सभामा बुझाइसकेका थिए । तर चौधरीले प्रदेश सभालाई जानकारी नगराएकाले यो विषय ढिलो मात्र सार्वजनिक भएको हो ।

चौधरीले तिमिल्सिनालाई १३ फागुन २०७९मा प्रमुख सचेतक नियुक्त गरेका थिए । बर्दिया २ (क) बाट निर्वाचित तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन् । तिमिल्सिना पार्टीको केन्द्रीय संगठन विभाग सदस्य एवं महासमिति सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?