+
+

बागलुङमा ‘एक विद्यार्थी, एक सुन्तला, एक कागती विरुवा वितरण अभियान’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २०:३७

बागलुङ । कृषि विषयमा स्नातकोत्तर उत्तिर्ण यहाँका एक युवाले ‘एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवाको वितरण’ अभियान चलाएका छन् । जैमिनी नगरपालिका २ का सुजन सापकोटाले अभियान थालेका हुन् ।

अभियानअन्र्तगत ७ हजार बिरुवा वितरण भएको छ । विद्यार्थीलाई बितरण गरेका छन् । जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाका विद्यार्थीलाई वितरण बाँडिएको हो ।

मंगलबार सिगाना मावि तित्याङका विद्यार्थीलाई बिरुवा बाँडिएको थियो । ‘बढ्दो जलवायु परिवर्तत न्युनिकरणका लागि हरेक विद्यालयमा यो अभियान चलाएको हुँ’ सापकोटाले भने, ‘बाँझो रहने जग्गा उपयोग गर्न पनि यो अभियानले साथ दिनेछ ।’

बढ्दो बसाइसराईं कम गर्न र विद्यार्थीलाई कृषिक्षेत्रमा आकर्षित गर्न पनि यो विधि उपयोगी भएको उनको भनाई छ । कृषि प्राविधिक विषय भएकाले सुन्तला र कागतीका बिरुवामा आउने समस्याबारे पनि उनले सल्लाह दिने गरेका छन् ।

यो अभियानले पर्यावरण सन्तुलन र युवालाई गाउँमै जीविकोपार्जनको उपाय अपनाउन मद्दत गर्ने सापकोटाले बताए । विभिन्न ठाउँको हावापानी र त्यहाँको अवस्थालाई मध्यनजर गरेर सोहीअनुसारका विरुवा बाँडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?