+
+

महिला फुटबल खेलाडीबारेको फिल्म ‘अञ्जिला’ फागुन २९ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २०:५२

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी सदस्य एञ्जिला तुम्बापो सुब्बामाथि आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माताले पूर्वनिर्धारित मिति रद्द गर्दै नयाँ मिति तय गरेका छन् ।

अब यो फिल्म फागुन २९ गते रिलिज हुने जनाइएको छ । यसअघि माघ ११ गतेलाई आउने भनिएको थियो । निर्माताले प्रदर्शनको प्रक्रिया मिलाउनुपर्ने भएकाले तत्काललाई प्रदर्शन स्थगित गरिएको जनाएपछि ठोस कारण खुलाएका छैनन् ।

फिल्ममा सुब्बा स्वयमको शीर्ष भूमिका छ । दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारको पनि अभिनय छ ।

फिल्मको छायांकन सुब्बाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । फिल्ममा सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको किस्सा समावेश गरिएको जनाइएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?