+
+

दर्शक फकाउन काठमाडौंमा ‘बुलाकी’को सडक नाटक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २१:१७

काठमाडौं । साउन ३२ गतेदेखि पुनःप्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माता यतिबेला प्रचारमा जुटेका छन् । कास्ट एण्ड क्रू दर्शकमाझ पुगेर फिल्म हेर्न आग्रह गरिरहेका छन् ।

प्रचारको नयाँ शैली आत्मसात गर्दै निर्माताले काठमाडौंमा सडक नाटक, नृत्य र गायन प्रस्तुति दिइरहेका छन् । प्रचारमा सर्वसाधारणको बाक्लो उपस्थिती पनि देखिएको छ । फिल्मले उठान गरेको कथावस्तु र प्रदर्शन मिति जानकारी गराउँदै दर्शक आकर्षण गर्न टोल-टोलमा पुगेको निर्माता तथा कलाकार विराज विष्टले बताए ।

लगनखेलमा दिइएको प्रस्तुतिमा सर्वसाधारण पनि सरिक भए । थिएटर कलाकार तथा मोडलसँगै गायक गायिकासहित फिल्मको प्रचार अभियानलाई अघि बढाइएको छ ।

नारीप्रधान भनिएको फिल्मको कथावस्तुको परिधिमा रहेर जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको विष्टले बताए । शुक्रबारबाट अभिनेत्री सुरक्षा पन्त टिमसँग जोडिँदै छिन् ।

रिलिज मिति नजिकिँदै गर्दा खराब मौसमको बाबजुद प्रचार अभियानलाई निरन्तर अघि बढाइरहेको निर्माण टिमले बताएको छ । यो क्रम फिल्म रिलिजको अघिल्लो दिनसम्म चल्ने र काठमाडौंका मात्रै १८ ठाउँमा प्रस्तुति दिइने विष्ट बताउँछन् ।

बाक्लो भीडभाड हुने बसपार्क एरिया, विभिन्न पार्क, शान्तिवाटिका, भृकुटीमण्डप, विभिन्न सपिङ मल, खुल्ला मञ्च, बसन्तपुर, पाटन लगायतका ठाउँमा कलाकारसहित साक्षात्कार गरिने निर्देशक लक्ष्मण सुनारले बताए ।

पश्चिम नेपालमा विद्यमान जारी प्रथाको कथा उठान गरेको फिल्मलाई निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टले नेपाली मौलिक फिल्म भन्दै आएको छ । चलचित्र विकास बोर्डबाट फिल्मले विशेष फिल्मको अवार्ड समेत प्राप्त गरेको छ ।

फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्रीको अभिनय छ । हालै यो फिल्मको अष्ट्रेलिया, यूरोप र बेलायतको प्रदर्शन अधिकार विक्री भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?