+
+

कलुवापुर-बेलौरी सडक नियम विपरीत बनेका संरचना भत्काइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १३:२०
प्रतिनिधिमूलक तस्वीर ।

२६ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ ।

सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो ।

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले जानकारी दिए ।

उनका अनुसार यही साउन २७ गतेदेखि अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । ‘सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ’ उनले भने, ‘सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।’

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ ।

संभावित संक्रामक रोगहरु फैलिन सक्ने उच्च संभावना बढेर गएपछि नगरपालिको अबैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ ।

दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो । पानीको निकास हुने ठाउमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन ।

यसअघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अवैध सडक क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?