+
+

आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद सेयरमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ९:२८

९ साउन, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १५० प्रतिशत अर्थात् हालको १०० बराबर थप १५० कित्ताका दरले हकप्रद सेयरका लागि आवेदन खुलाएको छ ।

हाल चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनबाट १ अर्ब २० करोड थप गर्न लागेको हो । साउन १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउँछन् ।

बिक्री प्रवन्धक नविल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत हकप्रद निष्कासनबारे जानकारी गराएको छ । आवेदन भदौ १६ गतेसम्म खुल्ने छ ।

कम्पनीले हाल ८.४ मेगावाटको आँखुखोला १ आयोजना संचालन गरिरहेको छ । हकप्रद निष्कासनबाट प्राप्त रकमबाट ४० करोड रुपैयाँ बैंकको दीर्घकालीन ऋण तिर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावरद्वारा प्रवद्र्धित आँखुखोला २ जलविद्युत् आयोजनामा ६० प्रतिशत सेयर स्वामित्व कायम हुनेगरी स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ । यो आयोजना निर्माणाधिन छ । यसमा प्रतिमेगावाट लागत १९ करोड ५७ लाख अनुमान रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?